चुनाव लड्न लुम्बिनीका तीन प्रदेश सभा सदस्यले दिए राजीनामा

चुनाव लड्न लुम्बिनीका तीन प्रदेश सभा सदस्यले दिए राजीनामा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दाङ  : लुम्बिनी प्रदेशका तीनजना प्रदेश सभा सदस्यहरूले राजीनामा दिएका छन्। प्रतिनिधि सभा सदस्यका लागि माघ ६ गते मनोनयन दर्ताको समय तोकिएसँगै लुम्बिनी प्रदेशका तीनजना प्रदेश सभा सदस्यहरूले राजीनामा दिएका हुन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि उनीहरूले राजीनामा दिएको बताइएको छ । लड्नका लागि लुम्बिनी प्रदेश सभाका दुई जना सांसदले राजीनामा दिएका छन्।

प्रदेश सभा सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर मास्की ,लोसपा कनैया बानिया र  नागरिक उन्मुक्ति पार्टी (नाउपा) का धर्मबहादुर चौधरीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन्।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले दुवै प्रदेश सभा सदस्यले आइतबारनै पदबाट राजीनामा दिएको पत्र सचिवालयमा प्राप्त भएको जानकारी दिए।  सचिवालयका अनुसार बानियाँको राजीना मा आइ पुगेको छैन ।  उनले सामाजिक सन्जाल मा सार्वजनिक गरेका छन्।  मनोनयन दर्ताको समय भन्दा अगाडिनै सूचना टाँस गरेर जानकारी दिने तयारी प्रदेश सभा सचिवालयले गरेको जनाइएको छ।

चौधरी यसअघि नाउपाबाट बर्दिया २ (२)बाट निर्वाचित भएका थिए। तर नाउपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित भएपछि उनी भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा  छन । उनी उज्यालो नेपाल पार्टीका महासचिवसमेत हुन्। बानियाँ रुपन्देही ४(१)बाट प्रतिनिधित्व गरेका थिए ।

मास्की दाङ निर्वाचन क्षेत्र नं। ३ बाट र चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका छन्। प्रदेशसभाको जनमतलाई अवमूल्यन गर्दै दुवैजना सघीय सांसद बन्ने मोहमा लागेका छन्।

मास्की यसअघि तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए। उनी लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत  बनेका थिए। चौधरीले यसअघि प्रदेश सभामा नाउपाबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.