अछाममा कांग्रेसले टुंग्यायो उम्मेदवार ,भरतकुमार स्वाँर र पुष्पबहादुर शाहले पाए टिकट

अछाममा कांग्रेसले टुंग्यायो उम्मेदवार ,भरतकुमार स्वाँर र पुष्पबहादुर शाहले पाए टिकट

अछाम : नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । अछाम क्षेत्र नं १ मा पूर्व जिल्ला पार्टी सभापति भरतकुमार स्वाँर र क्षेत्र नं २ जिल्ला पार्टी सभापति पुष्पबहादुर शाह उम्मेदवार बन्ने भएका छन् । 

पहिले दुबैजना देउवा पक्षका भए पनि विशेष महाधिवेशनमा स्वाँर गगन थापा र शाह देउवा पक्षमा थिए।

स्वाँर दोस्रो पटक र शाह तेस्रो पटक उम्मेदवार बन्दैछन् । स्वाँर २०७४ मा तत्कालीन नेकपा एमालेका उम्मेदवार भीमबहादुर रावलसँग पराजित भएका थिए । रावलले २४ हजार ८९३ मत पाएका थिए भने कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ६८९ मत प्राप्त गरेका थिए । 

क्षेत्र नं २ मा २०७९ को निर्वाचनमा निर्वाचित भएका शाह फेरि उम्मेदवार बन्ने भएका छन् । पुराना प्रतिस्पर्धीहरू फेरि आमने सामने हुने भएका छन् । २०७९ को निर्वाचनमा शाहसँग एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी ४ हजार ४७१ मतान्तरले पराजित भएका थिए । शाहले १७ हजार २८३ मत पाएका थिए भने बोगटीले १२ हजार ५१२ मत प्राप्त गरेका थिए ।

यस्तै २०७४ को निर्वाचनमा भने बोगटीसँग शाह २ हजार ८५९ मतान्तर पराजित भएका थिए । बोगटीले २१ हजार ९६५ र शाहले १९ हजार १०६ मत प्राप्त गरेका थिए । यी दुई अनुहारबीच फेरी फागुन २१ को निर्वाचनमा कडा प्रतिष्पर्धा हुने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.