डोटीमा सबै दलले टुंग्याए उम्मेदवार, कांग्रेसबाट भरतबहादुर खड्का

डोटीमा सबै दलले टुंग्याए उम्मेदवार, कांग्रेसबाट भरतबहादुर खड्का
तस्बिर : अन्नपूर्ण

डोटी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि डोटीबाट सबै दलहरूले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भरत बहादुर खड्कालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । खड्का २०७० सालमा समानुपातिक सांसद हुन् भने २०७४ मा प्रदेश क्षेत्र नम्बर (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

त्यसैगरी नेकपा एमालेले डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि दीपक धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । धामी हाल एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्ष हुन् ।

डोटीबाट एमालेमा प्रदेश सभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य चक्र बहादुर मल्ल र जिल्ला अध्यक्ष मञ्जु मलासीको नाम चर्चामा रहे पनि एमाले केन्द्रीय सचिवालय बैठकले धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्यका लागि पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ । भट्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट डोटी प्रदेश क्षेत्र ‘ख’ बाट निर्वाचित भएका थिए भने उनी पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भने डोटीबाट नरेन्द्रबहादुर खड्कालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । खड्का २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनामा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेका थिए । उनी व्यवसायिक पृष्ठभूमीका हुन् । डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहिसकेका छन् ।

राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोज भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भट्ट राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव हुन् ।त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खड्ग अग्रवाल प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.