मनोनयन दर्ताका लागि रुकुम पूर्व आइपुगे प्रचण्ड

मनोनयन दर्ताका लागि रुकुम पूर्व आइपुगे प्रचण्ड
सुन्नुहोस्

रुकुम पूर्व : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मनोनयन दर्ताका लागि मंगलबार रुकुम पूर्व पुगेका छन्। उनको आगमनसँगै १० वर्षे जनयुद्धको उद्गम थलोका रूपमा चिनिने रुकुम पूर्व पुनः राजनीतिक चासो र चर्चाको केन्द्रमा परेको छ।

प्रचण्डको स्वागतका लागि नेकपा रुकुम पूर्वले सिस्ने गाउँपालिका-५ स्थित कैँची मोडमा भव्य कार्यक्रम आयोजना गरेको थियो। स्वागत कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको जिल्ला पार्टी संयोजक कुमारी बरालले जानकारी दिइन्।

जनयुद्धको ऐतिहासिक थलोमा प्रचण्डको उपस्थितिलाई विशेष अर्थका साथ हेरिएको छ। उनको आगमनसँगै जिल्लाभर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। मंगलबार हुने मनोनयन दर्तापछि यहाँको राजनीतिक माहोल थप सक्रिय हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.