कञ्चनपुर –२ मा कांग्रेसबाट एनपी साउँद उम्मेदवार
महेन्द्रनगर : नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर २ बाट एनपी साउँदलाई उम्मेदवार बनाएको छ। सोमबार बसेको पार्टीको संसदीय बोर्ड बैठकले साउदलाई कञ्चनपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर सभापति तुलाराम शाहुले जानकारी दिए ।
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएर परराष्ट्रमन्त्री भएका थिए । उनी शेरबहादुर देउवा निकटका नेता हुन् । कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलाई टिकट दिएको छ ।
उनी पहिलो पटक निर्वाचन लड्न लागेका हुन । कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारको टुंगो लाग्न बाँकी छ । यो क्षेत्रबाट पूर्वगृहमन्त्री रमेश लेखक चुनाव लड्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !