सङ्खुवासभामा नेपाल मजदुर किसान पार्टीका राजकुमार लघुको पहिलो उम्मेदवारी दर्ता
सङ्खुवासभा : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा नेपाल मजदुर किसान पार्टीका राजकुमार लघुले पहिलो उम्मेदवारी दर्ता गराएका छन्।
नेसनल मंगोल अर्गनाइजेसनका देवेन्द्र घलेले पनि उम्मेदवरी दर्ता गराएका हुन्। नेकपा ( माओवादी ) का पुष्पबहादुर कोइरालाले उम्मेदवारी दर्ता गरेका हुन्।
अन्य दलहरु उम्मेदवारी दर्ताका लागि आउने कम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा २१ दल सक्रिय रहेका छन्।
प्रतिक्रिया दिनुहोस !