कैलाली ५ मा रास्वपाका आनन्द बहादुर चन्दले गराए मनोनयन दर्ता
धनगढी : कैलालीमा रास्वपाका उम्मेदवार आनन्द बहादुर चन्दले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले दिएको मनोनयन दर्ताको समय अनुसार उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।
रास्वपाले घण्टी्सहितको जुलुस प्रदर्शन गर्दै मनोनयन दर्ता गराएको हो । बैतडी पुख्र्यौली घर भएका चन्द कैलाली ५ का लागि भने नयाँ अनुहार हुन् ।
प्रतिक्रिया दिनुहोस !