प्रतिनिधिसभा सदस्य निर्वाचन
एमालेका रविन्द्रराज शर्माले दैलेख क्षेत्र नं.१ बाट गराए मनोयन दर्ता
दैलेख : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दैलेख क्षेत्र नं.१ मा नेकपा एमालेबाट रविन्द्रराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । दैलेख सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताका लागि एमाले नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । नेकपा एमाले कर्णाली प्रदेश कमिटिका उपसचिव समेत रहेका शर्माले यहि क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन २०७४ मा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा भने कांग्रेससहितको समर्थनमा उम्मेदवार बनेका तत्कालिन नेकपा एसका अम्मरबहादुर थापासँग पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस !