महेन्द्रनगर : कञ्चनपुरका ३ वटा निर्वाचन क्षेत्रमा स्वतन्त्र र पार्टीबाट ५५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना २ मा १९ जना र क्षेत्र नम्बर ३ मा १७ जनाको उम्मेदवारी दर्ता भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोपी प्रसाद उपाध्याय,राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी,एमालेबाट तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट बीना मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी अनिल राना,मञ्जु देवी सुनार,यादव सिंह र रुपादेवी विष्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । राप्रपाबाट दिल्ली बहादुर शाही,कटक जहादुर शाही नेपाल मजदुर किसान पार्टी,कृष्ण वहादुर चौधरी नागरिक उनमुक्ति ,दानियल विक संयुक्त नागरिक,देपेन्द्र वहादुर शाही प्रगतिशिल लोकतान्त्रीक पार्टी,पुरन राना थारु नेपाल कम्युनिष्ट पार्टी (माओवादी),माइकल तामाङ उज्याले नेपालबाट मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट राजा राम डगौरा,आम जनता पार्टीबाट सिता विक,मितेरी पार्टी नेपालबाट सियाराम राना र मंगोल नेश्नल अर्गनाइजेशनबाट हुम बहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउँद, नेकपा (एमाले)बाट बचन बहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट माधव पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपक बोहराले उम्मेदवारी दर्ता गराएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत प्रकाश भण्डारीले बताए ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट हरिप्रसाद बोहरा, नेकपा (एमाले)बाट डा. दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीका मान बहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महताले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) बाट कर्णबहादुर चन्द, मितेरी पार्टी नेपालबाट किरना थापा, श्रम संस्कृति पार्टीबाट गंगा दत्त जोशी, राप्रपाबाट पूर्णबहादुर चन्द,उज्याले नेपालबाट भीम कुमाल, नेपाल मजदुर किसान पार्टीबाट मीनु गिरी,आम जनता पार्टीबाट लक्ष्मी कुमारी विष्टले मनोनय दर्ता गराएका हुन ।
राष्ट्रिय जनमोर्चाबाट लाल वहादुर कुँवर,राष्ट्रिय मुक्तीबाट लोक राज भट्ट,नेपाल कम्युनिष्ट पार्टी(माओवादी)बाट विष्णु प्रकाश उपाध्यायले मनोनय दर्ता गरेका छन् । हर्क बहादुर ऐर,वीर सिंह क्षेत्री र थानेश्वर लेखकले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीले बताए । विभिन्न पार्टी र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराए पनि निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस,एमाले र नेकपाका उम्मेदवारबीच हुने आकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !