स्याङ्जामा भरुवा बन्दुकसहित तीनजना पक्राउ

स्याङ्जामा भरुवा बन्दुकसहित तीनजना पक्राउ
नियन्त्रणमा लिइएका बन्दुकसहित अन्य सामाग्री। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जा प्रहरीले  लुकाइछिपाए राखेको अवस्थामा बन्दुक र गोलीगठ्ठा नियन्त्रणमा लिएको छ।  प्रहरी चौकी विरूवाबाट खटि गएको ’विशेष सर्च अप्रेसन’ टोलीले विरूवा गाउँपालिका-३ सिउँडीबाट ४ नाले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी,मिनबहादुर पुलामी र रणबहादुर थापा रहेका छन्।  तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम बारुद, ३१ थान छर्रा, छर्रा बनाउन प्रयोग हुने सिसा र फलामको घोडा बरामद भएको प्रहरीले जनाएको छ।

सोही स्थानका ६५ वर्षीय मिनबहादुर पुलामीबाट एउटा एक नाल भरुवा बन्दुक, १७ थान छर्रा, ५० ग्राम बारुद र दुई थान केप फेला परेको छ । अर्का ६५ वर्षीय रणबहादुर थापाको घरबाट एक नाले भरुवा बन्दुक, २३ थान छर्रा, ३७० ग्राम बारुद र ५ थान केप बरामद गरिएको प्रहरीले जनाएको छ । 

घरमा लुकाइछिपाइ राखेको अवस्थामा हतियार फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको प्रहरीको भनाइ छ। पक्राउ परेका ३ जनामाथि प्रचलित कानुन बमोजिम कानुनी कारबाही प्रक्रियाअघि बढाएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए। 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.