बैतडीमा एक सिटका लागि १२ जना चुनावीमा मैदानमा
बैतडी : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १० दल र २ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार बैतडीमा दशवटा राजनीतिक दल र दुईजना स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एमालेका दामोदर भण्डारी,नेपाली कांग्रेसका चतुरबहादुर चन्द,राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्द,नेपाली कम्युनिष्ट पार्टीका परमनन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरीमोहन भण्डारी,नेपाल मजदुर किशान पार्टीका नवराज कोइराला, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रामबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै आम जनता पार्टीका विशन सिंह बोहरार जनता समाजवादी पार्टीका आन सिंह भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । दुई जनाले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस परित्याग गरेका तेजबहादुर चन्द र अर्का स्वतन्त्र व्यक्ति जयप्रकाश पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
अरू सबैले स्वयम उपस्थित भइ उम्मेदवारी दिएपनि रास्वपाका हरिमोहन भण्डारीले भने रास्वपा जिल्ला सभापतिमार्फत वारेसनामा उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा मनोनयन दर्ता आयोगले तोकेको समयमै शान्तिपूर्णरुपमा सम्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस !