नवलपुरमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

नवलपुरमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
सुन्नुहोस्

नवलपुर : नवलपुरको बुलिङटार गाउँपालिका–२, भेलौरीस्थित कालिगण्डकी करिडोर सडकखण्डमा बुधबार अपराह्न विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।पोखराबाट कालीगण्डकी करिडोर हुँदै गैँडाकोटतर्फ जान लागेको ग१ख ९५४६ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको हो।  

बसमा झापा बिर्तामोडस्थित निभी आदर्श कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू सवार थिए। शैक्षिक भ्रमणबाट फर्कँदै गरेको बसको ब्रेक पाइप फुटेर ब्रेक नलागी सडक छेउको भित्तामा ठोक्किन पुगेको प्रहरीको भनाई छ।

बस दुर्घटनामा परी घाइते हुनेमा झापा बिर्तामोड नगरपालिका–८ बस्ने १८ वर्षीय उन्नति पाठक, १८ वर्षीय अनिल जौसवाल, १८ वर्षीय अंकित सिटौला, १८ वर्षीय गगन नेचे, १८ वर्षीय साङनुमा लिम्बु र १७ वर्षीय पवित्रा गुरुङ रहेका छन्। घाइते मध्य पाठक र नेचेलाई थप उपचारका लागि भरतपुर पठाइएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक टिकाराम पोखरेलले बताए।

दुर्घटनापछि बस चालक रुपन्देही बुटवल उपमहानगरपालिका–३ निवासी प्रेमबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको छ। घटनास्थल नवलपुर सदरमुकाम कावासोतीबाट ३५ किमी उत्तर पर्दछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.