ट्याक्टर दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुल्यो

ट्याक्टर दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुल्यो

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका चालकको पहिचान खुलेको छ। दुर्घटनामा परेर दार्चुला जिल्लाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षका चालक करन बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। 

धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान करिब ९:३० बजेको समयमा दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन्। 

कैलालीको टिकापुर नगरपालिका–७ का अन्दाजी ४० वर्षीय सुरज घर्ती मगर र उनका छोरा अन्दाजी १८ वर्षीय सिद्धार्थ घर्ती मगर र टीकापुर –६ का अमित विक घाइते भएका हुन्।  

घाइते तीनै जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सुरजको अवस्था गम्भीर रहेको छ। अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.