निःशुल्क आँखा शिविरमा १ हजार बढीले गरे आँखाको जाँच

निःशुल्क आँखा शिविरमा १ हजार बढीले गरे आँखाको जाँच
सुन्नुहोस्

हेटौंडा : हेटौंडा सामुदायिक आँखा अस्पतालले गरेको निःशुल्क आँखा शिविरमा १ हजारभन्दा बढीले आँखा जाँच गरेका छन्। 

रोटरी क्लब मिडटाउन काठमाडौं, रोटरी क्लब हेटौंडा र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा ४ जिल्लामा भएको शिविरमा १ हजार १ सय ३३ जनाले आँखा जाँच गरेको अस्पतालका वरिष्ठ लेखा तथा वित्त अधिकृत उमेश महतले बताए।

गत माघ ३ गतेबाट अस्पतालले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लाका विभिन्न क्षेत्रमा गरेको शिविरको क्रममा १ सय ८४ जनामा मोतियाबिन्दु भेटिएको उनले बताए। उनका अनुसार आँखा शिविरमा मोतियाबिन्दु देखिएकामध्ये ८५ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ।

शिविरको क्रममा कलैया उपमहानगरपालिकामा १ सय ७० जनाले आँखा जाँच गरेकोमा १९ जनामा मोतियाबिन्दु भेटिएको थियो। यस्तै, बारागढी गाउँपालिकामा २ सय ४५ जनाले आँखा जाँच गरेकोमा ६२ जनामा मोतियाबिन्दु भेटिएको थियो। यस्तै, सिमरा नगरपालिकामा १ सय ४२ जनामध्ये १८ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो।

यस्तै, मकवानपुरको हाडिखोलामा २ सय १० जनामा गरिएको आँखा जाँचको क्रममा १८ जनामा मोतियाबिन्दु भेटिएको महतले बताए। यस्तै, पर्सा जिल्लामा १ सय ४४ जनामा गरिएको आँखा जाँचका क्रममा ३० जना र रौतहटमा २ सय २२ जनामध्ये ३७ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो।

मोतियाबिन्दु भएकाहरूलाई अस्पतालका डा. सुनिल थकाली, डा. माहिनी श्रेष्ठ र डा. बन्दना अधिकारीले आँखाको शल्यक्रिया गरेका थिए। मोतियाबिन्दु भएर शल्यक्रिया गरेकाहरूको शुक्रबार बिहान आँखाको पट्टी खोलिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.