बदल्यौं कांग्रेस, बदल्छौं देश : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको बताएका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस बदलिएको बताए।
सभापति थापाले बैठकको माइनटमा पनि कांग्रेस बदलिएको र अब देश बदल्ने उल्लेख गरेका छन्। 'बदल्यौं कांग्रेस, बदल्छौं देश, यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी। हाम्रो केवल एक ध्येय छ- देशको सन्तुलन,' बैठकको माइनटमा उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस !