झापा ५ मा अध्यक्ष ओलीको चुनावी कमान्डर दाहाल

झापा ५ मा अध्यक्ष ओलीको चुनावी कमान्डर दाहाल
सुन्नुहोस्

झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका अध्यक्ष ओलीको निर्वाचन परिचालन समितिको संयोजकमा देवेन्द्र दाहाल र सहसंयोजकमा दीपक कार्की र मेनुका काफ्लेलाई जिम्मेवारी दिएको छ। 

संयोजक दाहाल पार्टीको पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री हुन। उनी २०४८ सालदेखि ओलीको चुनावी कमाण्डर सम्हाल्दै आएका छन्। सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य तथा संविधान सभा  सदस्य हुन्। अर्की सहसंयोजक काफ्ले पार्टी केन्द्रीय सदस्य तथा अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुन्। 

गौरादह नगरपालिका शुक्रबार बसेको एमाले झापा ५ समन्वय कमिटीको बैठकले संयोजक दाहालको नेतृत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए। निर्वाचन परिचालन समिति मातहत ९ वटा उप समितिसमेत गठन गरिएको छ। 

कार्यालय सञ्चालन उपसमितिको संयोजक नारायण गौतम, प्रचारप्रसार तथा सामग्री व्यवस्थापन उपसमितिका संयोजकमा होमबहादुर थापा, प्रचारप्रसार उपसमितिको संयोजकमा दीपक कार्की,  आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रोमनाथ ओली रहेका छन्। त्यस्तै स्वयंसेवक परिचालन उपसमितिको संयोजक गोविन्द थापा, प्रशासन समन्वय उपसमितिको संयोजक देवेन्द्र दाहाल, सञ्चार/क्षेत्र बाहिर रहेका मतदाता समन्वय उपसमितिको संयोजकमा इन्द्रप्रसाद भण्डारी, कानुनी परामर्श उपसमितिको संयोजक नारायण भट्टराई रहेका छन्। 

मूल निर्वाचन समितिमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग, केन्द्रीय विभाग (वर्तमान र निवर्तमान) हरुलाई जिम्मेवारी दिइएको छ। प्रदेश, जिल्ला, क्षेत्रीय कमिटी सदस्य, लेखा समिति, विभाग र सल्लाहकारहरूलाई पनि निर्वाचन परिचालन समितिमा समेटिएको छ। अध्यक्षको चुनावी कमाण्डर र सहकमाण्डर विगतमा निर्वाचन रणनीति बनाउने र त्यसको सफल कार्यान्वयन गर्ने नेता हुन। उनीहरूको नेतृत्वमा पार्टीका सबै कमिटी, कार्यकर्ताहरू परिचालन हुने बताउँदै क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव नारायण गौतमले भने, अध्यक्ष ओलीलाई जिताउन हामी सबै मतदाता केन्द्रित कार्यक्रम लिएर घर घर पुग्नेछौँ। 

२०४८ सालदेखि यस क्षेत्रबाट उम्मेदवार बन्दै आइरहेका ओली २०६४ बाहेक ६ पटक निर्वाचित भइसकेका छन्। चार पटक प्रधानमन्त्री भइसकेका ओलीको निर्वाचन क्षेत्रमा यस पटक काठमाडौँ महानगरपालिका निवर्तमान मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि देश तथा विदेशको ध्यान यस क्षेत्रमा परेको छ। 

सबैको चासो बनेको यो क्षेत्रमा यस पटक चुनावी तालमेल नगरी राजनीतिक दलहरूले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन्।  नेपाली काँग्रेसले मंधरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सङ्ग्रौला, श्रम संस्कृति पार्टीले समीर तामाङलाई उम्मेदवार बनाएका छन्। यस क्षेत्रमा स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी परेको र कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.