सुमो दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

सुमो दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते
सुन्नुहोस्

सङ्खुवासभा : सङ्खुवासभाको चैनपुर नगरपालिका-२ विहिबारेमा नजिकै सुमो गाडी दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ। 

आइतबार साँझ चैनपुर-नुनढाकी खण्डको भित्र सडकमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए। चैनपुरबाट बिहीबारे तर्फ जाँदै गरेको प्र १-००१ च ८२४७ नम्बरको बोलेरो दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्।  

चैनपुर-१ मैदाने का ६१ वर्षिय पदम बहादुर लिम्बु र पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको हो। दुर्घटना चैनपुर-१ सिङरीङका ३४ वर्षीय निमादोर्जी शेर्पा, चैनपुर मैदानेका ४५ वर्षीय भीम बहादुर थुलुङ र पहिचान नखुलेका अर्का एक जना पुरुष गम्भीर घाइते भएका छन्। गम्भीर घाइते थुलुङलाई थप उपचारका लागि धरान पाइएको छ।

निमादोर्जीका छोरा करिब ९-१० वर्षिय पेम्बाा शेर्पा, फिदिम नगरपालिका-४ पाँचथरका २८ वर्षीय दिपेश माझी सामान्य घाइते भए। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको छ। गाडीमा ६ जना सवार थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.