नेपाल–चीन सीमा क्षेत्रमा बस्यो समन्वय बैठक, निर्वाचन सुरक्षाप्रति चासो

नेपाल–चीन सीमा क्षेत्रमा बस्यो समन्वय बैठक, निर्वाचन सुरक्षाप्रति चासो
सुन्नुहोस्

सिन्धुपाल्चोक : नेपाल–चीन उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पारी चीनको झाङ्मुस्थित प्रशासनिक भवनमा दुई देशको सुरक्षा अधिकारीबीच समन्वय बैठक बसेको छ। 

बैठकमा नेपालमा नजिकिँदै गरेको प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा आवश्यक सहजीकरण, सुरक्षा समन्वय र आपसी सूचनाको आदान–प्रदानबारे विशेष छलफल गरिएको छ। ‘यो नियमित हुने ‘क्रस बोर्डर क्राइम’ तथा सीमा सुरक्षा सम्बन्धी संयुक्त बैठक हो’, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी भने– ‘उहाँहरुले नजिकिँदो निर्वाचनको सुरक्षाबारे चासो व्यक्त गर्नुभएको छ। दुबै देशको सीमा सुरक्षा, निर्वाचन सुरक्षा लगायतको विषयमा छलफल भयो। सुरक्षाको विषयमा आपसी समन्वय गर्ने कुरा भएको छ।’

बैठकमा तातोपानी नाका सहज सञ्चालन, आयात–निर्यातका क्रममा सीमा क्षेत्रमा अवाञ्छित तथा गैरकानुनी गतिविधि हुन नदिन संयुक्त रूपमा काम गर्ने सहमति भएको छ। सीमा क्षेत्रमा संयुक्त गस्ती, सीमा स्तम्भ संरक्षण, तस्करी नियन्त्रण, गैरकानुनी आवागमन रोकथाम तथा सीमा सुरक्षासम्बन्धी समन्वयलाई प्राथमिकता दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए। ‘पर्यटन र व्यापार प्रवर्द्धन, विपद् व्यवस्थापनमा सूचना आदान–प्रदान तथा पूर्वसर्तकता प्रणालीमा सहकार्य गर्ने विषयमा पनि कुरा उठेको छ’, उनले भने।

बैठकमा चीनतर्फबाट न्यालम काउन्टी प्रशासन प्रतिनिधि, अध्यागमन तथा सुरक्षा निकायका उच्च अधिकारी एसएसपी, एसपी र डीएसपी स्तरका प्रतिनिधि सहभागी थिए। नेपाल पक्षबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख लगायतका अधिकारी सहभागी थिए। नेपालतर्फ प्रजिअ अधिकारीसहित, प्रहरी उपरीक्षक काजी कुमार आचार्य, राष्ट्रिय अनुसन्धानका सिन्धुपाल्चोक प्रमुख सुभाष कार्की तथा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक अच्युतकुमार मजगैया, तातोपानी अध्यागमन कार्यालयका प्रतिनिधि सहभागी थिए। 

नेपाली अधिकारीहरुले छलफलका क्रममा तातोपानी नाकालाई पूर्ण सञ्चालनमा ल्याउनुपर्ने जोड दिँदै निर्यातलाई विशेष प्राथमिकता दिन, चाडपर्वलाई लक्षित गर्दै कन्टेनर संख्या बढाउन र विपद्का बेला छिटो सूचना आदान–प्रदान गर्ने संयन्त्र प्रभावकारी बनाउन आग्रह गरेको थियो। चिनियाँ अधिकारीहरुले खासामा स्मार्ट सिटी हाल पुनर्निर्माणको क्रममा रहेको र यसअघि चीनको खासा–न्यालमबीच भेगको जंगलमा भीषण डढेलोले पुनर्निर्माण कार्य एवम् पूर्ण रुपमा नाका सञ्चालन गर्न कठिनाइ भइरहेको बताएका थिए।

गत साता भएको आगलागीका कारण चीनतर्फको भन्सार प्रणाली सञ्चालनमा नआएकाले नाका खोल्न नसकिएको चिनियाँ पक्षले जानकारी दिएको छ। आगलागीपछि नाका सञ्चालन असम्भव भएको चिनियाँ प्रशासनले नेपाललाई अवगत गराउँदै आएको छ। ‘उहाँहरुले नाका पुनः सञ्चालनमा आउने गरी काम गरिरहेका छौं, खासाको पुर्ननिर्माण र आगोलागीले हामीलाई केही समस्या बनाएको छ। ती समस्या छिट्टै हल गर्ने प्रयासमा छौं भन्नुभएको छ’, चिनियाँ अधिकारीको भनाई उदृत गर्दै प्रजिअ अधिकारीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.