उत्तरी गोरखामा हिमपात, स्थानीय खुशी

उत्तरी गोरखामा हिमपात, स्थानीय खुशी
हिउँले ढपक्कै ढाकेको चुमनुब्री ७ छेकम्पार । तस्विर : पासाङफुञ्जो लामा ।

गोरखा : गोरखामा भारी हिमपात भएको छ । बिहान तीन बजेतिरबाट चुमनुब्री गाउँपालिका वडा नं. १ को साम्दो, सामागाउँ, वडा नं. २ को ल्हो, स्याला, वडा नं ६ को चुम्चेत, वडा नं. ७ को नौवटै गाउँबस्तीमा हिमपात भएको स्थानीयबासीको भनाइ छ ।null

‘बिहान तीन बजेदेखि हिउँ पर्न सुरु गरेको हो’, चुमनुब्री ७ का पासाङफुञ्जो लामाले भने, ‘हिउँ परेपछि गाउँलेहरू  एकदम खुशी भएका छन् ।’ खेतीपानी राम्रो हुने, धुलो नउड्ने, हुरीबतास नचल्ने र आगलागीको डर नहुने भन्दै स्थानीय खुशी भएका उनको भनाइ छ । 

‘सँधै हुरी बतास चलेर अहिले त घरको अँगेनामा आगो फुक्न पनि नसक्ने अवस्था थियोअ’, उनले भने, ‘अब त बल्ला हिउँ पर्यो । आगालागीको पनि डर हट्यो । हावाहुरी चलेर धुलो उडाएर बस्न नसक्ने भएको थियो । त्यस्तो पनि नहुने भयो अनि मंसिरमा लगाएको गहुँ खेतीले पनि पानी पाउने भयो । वनको झारलहरुले पनि पानी खान नपाएर आत्ति सकेका थिए । अब पानी खान पाउने भयो ।’ null

अहिलेसम्म करिब एकफिट हिउँ परेको उनले बताए । हिमपात भएपछि गाउँलेहरुको दिनचर्यामा पनि परिवर्तन भएको छ । अहिले सबै जना घरभित्रै आगो तापेर बसेका उनको भनाइ छ । nullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.