नयाँसँगै सिम्रिकको हेलिकप्टर संख्या ४ पुग्यो

नयाँसँगै सिम्रिकको हेलिकप्टर संख्या ४ पुग्यो
सुन्नुहोस्

काठमाडौं : सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ। उच्च हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा सञ्चालन क्षमता थप सुदृढ गर्ने उद्देश्यसहित एयरबस एच१२५ (एएस३५० बी३ ई) हेलिकोप्टर आफ्नो फ्लीटमा थप गरेको कम्पनीले जानकारी दिएको छ।

९ एन–एओओ दर्ता नम्बरको उक्त हेलिकप्टर २०२६ जनवरी ३० देखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै सिम्रिक एयरको फ्लीटमा तीनवटा एयरबस एच१२५ र एकवटा बेल ५०५ जेट रेन्जर एक्स गरी कुल ४ हेलिकप्टर सञ्चालनमा रहेका छन्।

विश्वभर उच्च उचाइमा उत्कृष्ट प्रदर्शन गर्ने हेलिकप्टरका रूपमा परिचित एयरबस एच१२५ हिमाली उद्धार, आकस्मिक स्वास्थ्य सेवा (मेडिकल इभ्याकुएसन), तीर्थयात्रा उडान तथा दुर्गम क्षेत्रमा चार्टर सेवाका लागि अत्यन्त उपयुक्त मानिन्छ। शक्तिशाली इन्जिन, उच्च भार वहन क्षमता र भरपर्दो प्रविधिका कारण यो हेलिकप्टर हिमालयजस्तो चुनौतीपूर्ण वातावरणमा सफलतापूर्वक सञ्चालन गर्न सक्षम रहेको सिम्रिक एयरले जनाएको छ।

नयाँ हेलिकप्टर थपिएसँगै सिम्रिक एयरले सरकारी निकाय, पर्यटन तथा ट्रेकिङ व्यवसायी, कूटनीतिक नियोग, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरू, निजी क्षेत्र तथा अस्पतालसहितका आपत्कालीन सेवाप्रदायकलाई अझ सुरक्षित, छरितो र प्रभावकारी सेवा दिन सक्ने विश्वास लिएको छ।

एयरबस एच१२५ विशेष रूपमा कठिन भौगोलिक बनावट र चरम मौसमीय अवस्थामा सञ्चालन गर्न डिजाइन गरिएको हेलिकप्टर हो। यसले कम्पनीको उच्च हिमाली उद्धार तथा अपरेसन क्षमतालाई थप मजबुत बनाउँदै सेवाग्राहीलाई छिटो र लचिलो सेवा प्रदान गर्न सहयोग पुर्‍याउने सिम्रिक एयरको भनाइ छ। उक्त हेलिकप्टर पर्वतीय उद्धार तथा आकस्मिक निकासी, उच्च उचाइमा लङलाइन रेस्क्यु, कार्गो स्लिङ लोड, ट्रेकिङ तथा चार्टर उडान, हवाई आगलागी नियन्त्रण, हवाई सर्वेक्षण, फिल्म तथा फोटोग्राफी, भीआईपी तथा कर्पोरेट चार्टर, तीर्थयात्रा उडान र अन्य विशेष मिसनमा प्रयोग गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.