भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले भन्यो- निपाह भाइरस नियन्त्रणमा छ, संक्रमण संख्या दुईमात्रै

भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले भन्यो- निपाह भाइरस नियन्त्रणमा छ, संक्रमण संख्या दुईमात्रै
सुन्नुहोस्

नयाँ दिल्ली : भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ।

डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना पुष्टि भएसँगै भारत सरकार र पश्चिम बंगाल राज्य सरकारबीच समन्वय गर्दै तोकिएका स्वास्थ्य प्रोटोकलअनुसार जनस्वास्थ्यका विभिन्न उपायहरू लागू गरिएको केन्द्रले जनाएको छ।

त्यस्तै संक्रमितसँग सम्पर्कमा आएका कूल १९६ जनाको पहिचान गरी ट्रेसिङ, निगरानी र परीक्षण गरिएको थियो। ती सबै व्यक्तिमा कुनै पनि लक्षण नदेखिएको र सबैको निपाह भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले जनाएको छ।

केन्द्रीय सरकारले राज्य स्तरीय स्वास्थ्य निकायहरूको समन्वयमा निगरानी प्रणाली सुदृढ गरिएको, प्रयोगशाला परीक्षण र फिल्ड अनुसन्धान तीव्र बनाइएको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.