सडक कालोपत्रे अलपत्र पार्ने स्थानीयको घेरामा

सडक कालोपत्रे अलपत्र पार्ने स्थानीयको घेरामा
सडक कालोपत्रे गर्ने काम अलपत्र पारेको भन्दै स्थानीयद्वारा अनुगमन टोलीलाई बाटो छेक्दै। तस्बिर : शिव उप्रेती

गोरखा : अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रेको काम अलपत्र पार्ने कार्यालय, निर्माण व्यवसायीलगायत टिमलाई स्थानीयले बाटो छेकेर घेराबन्दी गरेका छन्। १६ किलोमिट सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएर अलपत्र पार्ने अमर कन्स्ट्रक्सन, कार्यक्रम कार्यान्वयन गर्ने ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय एकाइ पोखरा तथा कर्जा प्रवाह गर्ने निकाय एसियाली विकास बैंकका प्रतिनिधिहरू संयुक्त अनुगमन गर्न आउँदा स्थानीयले बाटो छेकेर केरकार गरेका हुन्।

‘कामको जिम्मा लिएर यति लामो समयसम्म किन अलपत्र भयो ? यसको जवाफदेही को हो ? ’, पालुङटार नगरपालिकाका निवर्तमान मेयर दीपकबाबु कँडेलले अनुगमनमा आएकाहरूसँग प्रश्न गरे, ‘योजना माग गर्न कति दुःख गरियो तर यति लामो समयसम्म अलपत्र पार्नुभयो। जनता जागेका छन्। तपार्इंहरू अनुगमन गर्न आउँदा बाटोमा खाल्डो खन्ने भनेर स्थानीय आक्रोशित भइरहेका थिए। अब भन्नुस् काम कहिलेबाट सुरु गर्नुहुन्छ ? ’

टोलीमध्ये निर्माण कम्पनी अमर कन्स्ट्रक्सनका सञ्चालक विक्रम शाहीले कार्यक्रम कार्यान्वयन गर्ने एकाइले समयमै ‘भिओ एप्रुभ’ नदिएका कारण ढिला भएको तर्क गरे। ‘भर्खर दुई महिनाअघि मात्रै साइट दिएको छ। त्यसैले काम ढिलो भएको हो। अबको तीन दिनमा प्राइम कटको काम सुरु गर्छु।’

ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय एकाइ पोखराका प्रमुख दयाराम अधिकारीले भने कार्यालयमा जनशक्ति कम भएर राम्ररी काम गर्न नसकेको तर्क गरे। ‘जम्मा एकजना कार्यालय प्रमुख र एकजना इन्जिनियर छौं। गण्डकी प्रदेशभरि पाँचवटा कार्यक्रमको काम गर्नुपर्ने छ त्यसैले ढिला भएको हो’, अधिकारीले भने।

तर, दातृ निकाय एडीबी सो कार्यक्रम प्रमुख हेमन्त तिवारीले एकाइ र निर्माण व्यवसायीको तर्क स्वीकार गरेनन्। उनले भने, ‘यस्तै कार्यक्रम अन्यत्र पनि सञ्चालनमा छन्। ती कार्यक्रममा पनि एकजना कार्यालय प्रमुख र एकजना इन्जिनियर मात्र हो काम त ६५ प्रतिशतसम्म प्रगति भएको छ। अनि, निर्माण व्यवसायीले पनि सबै एकसाथ एप्रुभल खोजेर हुँदैन। खण्ड खण्डको अथवा विभिन्न संरचनाको एप्रुभल पाएको काम धमाधम गर्नुपर्दथ्यो’, उनले भने, ‘यो लापारबाही नै भएको छ। अबको केही दिनभित्र धमाधम काम भएन भने हामी ठेक्का तोड्न सिफारिस गर्छौं।’ विवादबीच आउँदो फेब्रुअरीभित्र १५ प्रतिशत थप प्रगति नगरे म्याद थप नगर्ने, ठेक्का तोड्ने समझदारी भएको छ।

आउँदो चैत १३ भित्र कालोपत्रेको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सो काम अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र प्रगति भएको छ।
अमर भीबीईपीएल–एसीपीएल जेभी निर्माण कम्पनीले १६ किलोमिटर सो सडक ३० करोड ६१ लाखमा कालोपत्रेको गर्न सन् २०२३ मार्च ३१ मा ठेक्का सम्झौता गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.