भीरबाट पल्टाएर किशोरीको हत्या, श्रीमान् र देवर पक्राउ
प्यूठान : गौमुखी गाउँपालिका-६ लिबाङकी शर्मिला घर्तीको हत्या आरोपमा प्रहरीले श्रीमान् र देवरलाई पक्राउ गरेको छ। १९ वर्षीया शर्मिलाको हत्या आरोपमा २० वर्षीय श्रीमान अनिल घर्ती र १८ वर्षीय देवर जनक घर्तीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।
माघ १६ गते बेलुका ८ बजे समयमा शर्मिलालाई घुम्न जाऊँ भनि घरबाटै लिएर गोन्द्रेचौरबाट भीरबाट पल्टाई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एक पटक पल्टाएर ३० मिटर तल अड्किएपछि फेरि पल्टाएर १०० मिटर तल पुगेको प्रनाउ अधिकारीले बताए।
पक्राउ परेका दुई जनालाई अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !