प्यूठानका ३ वर्षीय बालकलाई ब्लड क्यान्सर, आर्थिक अभावका कारण उपचारमा समस्या
प्यूठान : झिमरुक गाउँपालिका–४ चौकेका तीन वर्षीय बालक पुरुषोत्तम रोकालाई ब्लड क्यान्सर भएपछि उपचार आर्थिक अभाव भएको छ। बालकको कान्ति बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।
‘दुई महिनादेखि उपचारमा छौं’ ,उनका बुवा हिमाल रोकाले भने, ‘भएको पैसा उपचारमा सकियो।’ बालकको उपचारमा ४ लाख खर्च भइसकेको उनले बताए। ‘एउटै इन्सेक्जनको २५ हजार रुपैयाँसम्म तिर्नुपर्छ’ ,उनले भने।
किमो थेरापी पद्धतिबाट उपचार भइरहेको र अझै ६ देखि ८ महिना लाग्ने अस्पतालले जनाएको बुवा हिमालले बताए। भारतमा मजदुरी गर्दै आएका हिमाल छोरा बिरामी परेपछि काम छोडेर छोराको उपचारमा छन्।
‘सुरुमा ज्वरो आउने समस्या भयो’ , ‘बालक पुरुषोत्तमकी आमा विपनाले भनिन्, ‘रगत कम भयो भनेर रगत चढायौं, निको भएन।’ ढाड भन्दामुनिको भाग चल्न छोडेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगेको उनले बताइन्। प्रादेशिक अस्पतालले क्यान्सरको शंका गरेपछि कान्ति बाल अस्पताल पुगेको उनले जनाइन्।
प्रतिक्रिया दिनुहोस !