एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेका छन्, हामी सचेत छौं : ईश्वर पोखरेल

एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेका छन्, हामी सचेत छौं : ईश्वर पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणा पत्रमा राष्ट्रिय स्वाभिमान, सामाजिक सद्‍भाव, विकास निर्माण र संविधान संशोधनका विषय समेट्ने बताएका छन्। बुधबार काठमाडौं उपत्यकाका सूर्य चिन्हका उम्मेदवारसँग संवाद कार्यक्रममा बोल्दै उनले विगतमा के विषय उठायौं र अब के गर्ने भन्ने बारेमा घोषणा पत्रमा उल्लेख गर्ने बताएका हुन्।

‘घोषणा पत्र तयारीका क्रममा छौं, केही दिनमा सार्वजनिक हुन्छ। सबै जानकारी पाउनु हुनेछ अहिले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रमा केन्द्रित भएर विषय उठाउने छौं, एमालेका मुख्य मुद्दा यसैमा केन्द्रित हुन्छौं। हामीले उठाउने विषयमा हामी संवेदनशिल छौं र महत्वपूर्ण हुन्।’ उनले भने, ‘सामाजिक सद्भाव हाम्रो राष्ट्रिय एकताको आधार हो। यो सामाजिक सद्भाव कमजोर बनाउने कुनै पनि कुरा एमाले सहदैन र त्यसको विपक्षमा एमाले उभिन्छ।  सामाजिक सद्भाव कायम गर्ने मुद्दामा एमाले केन्द्रित हुन्छौं। अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रारम्भ गरेका विकास निर्माणका कुरा समेट्छौं र केन्द्रित हुन्छौं, सुशासनका विषय उठान गर्छौं।’ 

जेनजी आन्दोलनमा सहभागीले नै आन्दोलनको हाइज्याक भएको भनेकाले सोलोडोलोमा बुझ्नु नहुने धारणा राखे। पोखरेलले जेनजीले गरेको आन्दोलनका मुद्दासँग विमति होइन तर आन्दोलनको कभरमा षड्यन्त्र अन्तर्गत भएका कामको एमालेले विरोध गरेको बताए।

पोखरेलले एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र र गतिविधि भएपनि भित्रिरुपमा मजबुत हुनुपर्ने बताए। उनले आन्तरिक रुपमा सुदृढ हुँदा बाहिरी षड्यन्त्रले एमालेले प्रभाव नपर्ने धारणा राखे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.