बैतडीमा जन्ती बोकेको बस दुर्घटना
बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। जिल्लाको पुर्चौडी नगरपालिका-७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट बस दुर्घटनामा परेको हो।
पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक कुमार रायले बताए। ‘दुर्घटना भएको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ, स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्, १५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ,’ उनले भने।
जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बुझिएको छ। बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। उद्धारमा खटिएका स्थानीयका अनुसार ठुलै हाताहाती भएको छ। पूर्ण विवरण आउन बाँकी रहेको छ। स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !