बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ। पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार साँझ सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा घटनास्थलमै ६ जना र उपचारका क्रममा थप २ जनाको मृत्यु भएको थियो। त्यस्तै, डडेलधुरा अस्पतालमा उपचाररत थप ५ जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका-७ का बिसनदत्त जोशी, सोही ठाउँका २८ वर्षीय दीपक दत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी-७ का १४ वर्षका सुशील जोशी र केदार्स्युका २६ वर्षका केशबराज भट्ट रहेका छन्। 

यसअघि मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका वडा नं ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ का ४० वर्षीया पुस्पा अवस्थी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रमुख, डीएसपी दिपक कुमार रायले बताए। 

दुर्घटनामा घाइते भएका ३६ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ। तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक कुमार रायका अनुसार बसमा सवार एकजना बालक बेपत्ता भएको आफन्तहरूले बताएका छन्। बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.