ट्रकको ठक्करबाट किशोरको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिका–८ मा ट्रकको ठक्करबाट १५ वर्षीय एक किशोरको ज्यान गएको छ । गए राति साढे ११ बजे पूर्व–पश्चिम राजमार्गको गप्का सडक खण्डमा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाले दिएको जानकारी अनुसार मलभङ्गाका भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतकका आफन्तले यतिबेला राजमार्गमा क्षतिपूर्तिको माग गदैर्ए सडक अवरुद्ध पारेका छन् । पीडित पक्ष र ट्रक व्यवसायीबीच छलफल भइरहेको डिएसपी तिमिल्सेनाले बताए । सडक अवरुद्ध हुँदा सयौं गाडी सडकमा छन् भने यातायात अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस !