११६ वर्षमा अस्ताइन् मानमतीदेवी

११६ वर्षमा अस्ताइन् मानमतीदेवी
सुन्नुहोस्

बैतडी : बैतडीकी मानमतीदेवी भट्टको ११६ वर्षको उमेरमा निधन भएको छ। मुटु रोगबाट ग्रसित भट्टको हिजो घरमै निधन भएको हो। 

पाटन नगरपालिका-४ की भट्ट पञ्चायतकालदेखि हालसम्म लगातार मतदान गर्दै आइरहेकी थिइन्। सोही वडाको उदयदेव आधारभूत विद्यालयमा मतदान गर्ने गरेकी भट्टको सोमबार निधन भएको परिवारका सदस्यहरूले बताएका छन्। 

आफ्नो मताधिकार कहिले नछोडेकी भट्ट यहाँका लागि भोटिङ पोस्टर ओम्यान रूपमा चिनिन्छिन्। मतदान केवल अधिकार होइन, जिम्मेवारी हो भन्ने कुरा आफ्नो जीवनले प्रमाणित गर्ने भट्ट सो मतदान केन्द्रमा पनि जहिल्यै पहिलो मतदाता हुने गरेकी थिइन्। 

‘२०७० सालदेखि हाम्रो मतदान केन्द्रमा जहिले पनि उनले नै पहिलो मत खसाल्थिन्, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख समेत रहेका उनका छोरा सिद्धराज भट्टले भने, यस वर्ष पनि मतदान गर्नकै लागि तराईबाट पहाड आउनु भएको हो।’ पहाडमा चिसो हुने भएकाले तराईमा कान्छो छोराको घरमा बस्दै आउनु भएको भट्ट बताउँछन्। 

मताधिकार प्रयोग नगर्नेले गुनासो गर्ने नैतिक अधिकार गुमाउँछन् भन्ने मानसिकता बोकेर जहिलेको निर्वाचनमा खुसी भएर मतदान गर्ने गरेको भट्टका कान्छा छोरा नरेन्द्र भट्ट बताउँछन्। ‘तराइमा बस्दै आउनु भएको हो, मतदानकै लागि यही माघ २४ गते यहाँ आउनुभयो, २५ गते निधन भयो,’ भट्टले भने। 

२०७९ सालमा भएको निर्वाचनमा उनले देशमा स्थायित्व र सर्वहाराको पक्षमा विकास भएको देख्न चाहेको बताएकी थिइन्। उनले त्यति बेला सञ्चारकर्मीसँग भनेकी थिइन्। ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकबाट देखेकी छु, ‘अब देशमा स्थायित्व होस्, गरिबको दिन पनि आओस् भन्ने चाहेकी छु।’

हरेक निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने सन्देश दिने रूपमा यहाँका मतदाताहरू चिन्ने गरेको जिल्ला समन्वय समितिका सदस्य करण कठायतले बताउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.