पुटिनले आफ्ना कट्टर आलोचक नाभाल्नीलाई मारेको युरोपेली मुलुकहरूको आरोप
काठमाडौं : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विष प्रयोग गरी मारेको युरोपेली मुलुकहरुले आरोप लगाएका छन् ।
रुसी विपक्षी नेता नाभाल्नी जसको दुई वर्षअघि मृत्यु भएको थियो । दक्षिण अमेरिकामा पाइने विषालु डार्ट भ्यागुताबाट निकालिने घातक विषका कारण जेलमै मारिएको पाँच युरोपेली देशहरूले शनिबार एक वक्तव्य निकाल्दै आरोप लगाएका हुन् । नाभाल्नीको शरीरबाट लिइएका नमुनाको परीक्षणले ‘एपिबाटिडिन’ को उपस्थिति निर्णायक रूपमा पुष्टि गरेको वक्तव्यमा उल्लेख छ । उक्त पदार्थ प्राकृतिक रूपमा रुसमा पाइँदैन पनि भनिएको छ ।
ती पाँच देशहरू–युनाइटेड किङडम, स्वीडेन, प्राफन्स, जर्मनी र नेदरल्याण्डले मस्कोसँग नाभाल्नीलाई आर्कटिक वृत्तको उत्तरतर्फ रहेको दण्ड उपनिवेश (पेनल कोलोनी) मा हिरासतमा राखिएको बेला उक्त विष प्रयोग गर्ने ‘साधन, उद्देश्य र अवसर’ सबै भएको आरोप लगाएका छन् ।
रुसी अधिकारीहरूले नाभाल्नीको मृत्युमा संलग्नता अस्वीकार गर्दै आएका छन् । शनिबार रुसी समाचार एजेन्सी त्ब्क्क् ले विदेश मन्त्रालयकी प्रवक्तालाई उद्धृत गर्दै भ्यागुताको विषसम्बन्धी दाबीलाई ‘प्रचारबाजी’ भनेको जनाएको छ । सीएनएनले क्रेमलिनसँग प्रतिक्रिया मागेको छ । सन् २०२४ मा नाभाल्नीको मृत्यु सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !