सहिद मार्गलाई सहरतारा हुँदै चीनको सीमासम्म जोड्ने सपना छ : प्रचण्ड

सहिद मार्गलाई सहरतारा हुँदै चीनको सीमासम्म जोड्ने सपना छ : प्रचण्ड
सुन्नुहोस्

रुकुम पूर्व : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सहिद मार्ग’लाई सहरतारा हुँदै चीनको सीमासम्म जोड्ने सपना रहेको बताएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डले आज पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब सहिद मार्गलाई सहरतारा हुँदै चीनको सीमासम्म जोडेर पिच गर्ने सपना रहेको बताएका हुन्। 

उनले भने, ‘मैले नै प्रस्ताव गरेको मार्ग हो यो सहिद मार्ग। जनयुद्धकै बेला, शान्तिमा हामी प्रवेश गरिसकेका थिएनौँ। जनयुद्धकै बेलामा अब सहिदहरूको नाममा एउटा बाटो दक्षिणदेखि उत्तरसम्म जाने मार्ग सुरु गर्नुपर्छ भनेर प्रस्ताव गयौँ। पार्टीबाट निर्णय भयो, जनतालाई आह्वान गरियो र जनताले स्वेच्छिक रूपमा खन्न सुरु गर्नुभयो। शान्ति सम्झौता भइसकेपछि र हामी सरकारमा गइसकेपछि सहिद मार्गलाई राज्यकै मार्ग बनाइयो। यो पहिले हाम्रो एक्लैको जस्तो मात्रै थियो, तर अब राज्यको भएको छ। त्यसैअनुसार काम भइरहेको छ। अब यसलाई पिच गरेर मैकोटलगायत ठाउँमा सरर आउने बनाउने र यो क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने मेरो सपना छ।’

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गरेको र त्यसका लागि बजेटसमेत छुट्याइएको बताए। संयोजक प्रचण्डको टोली आज गाउँपालिकाको केन्द्र तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे (नयाँ बजार), डिम्मुर गहिरा (तातोपानी), मयाङ, हुकाम हुँदै मैकोट (रुकुम मैकोट) पुगेको छ। यो टोली भोलि कोल, गोलखाडा, राङ्सी, नाखाँ, जामाबगर हुँदै सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.