रुपन्देही–३ का जसपा नेपालको उम्मेदवार नै एमालेमा प्रवेश

रुपन्देही–३ का जसपा नेपालको उम्मेदवार नै एमालेमा प्रवेश

भैरहवा : रुपन्देहीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फका उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।  

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य श्रीनिवास यादव रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका थिए । सोमबार उनले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जनाए । एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकालले यादवको पार्टी प्रवेशले रुपन्देही–३ मा पार्टी विजय सुनिश्चित भएको दावी गरे ।

‘मतदाताको मनोभावनालाई समेत मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि नेकपा एमाले नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने देखिएको छ’, एमाले पार्टी प्रवेश गर्दै यादवले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारी समेत फिर्ता लिदैं नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु ।’ 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.