बलिउड अभिनेता राजपाल यादवकाे चेक बाउन्स मुद्दामा के आउला आदेश ?

बलिउड अभिनेता राजपाल यादवकाे चेक बाउन्स मुद्दामा के आउला आदेश ?
सुन्नुहोस्

भारत : बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादव यति बेला चेक बाउन्स मुद्दामा तिहार जेलको न्यायिक हिरासतमा छन्। चेक बाउन्स मुद्दामा दिल्ली उच्च अदालतको आदेशपछि तिहाड जेलमा आत्मसमर्पण गरेका यादवले ११ रात जेलमा बिताइसकेका छन्। उनले फेब्रुअरी ५ मा आत्मसमर्पण गरेका थिए । 

उनको यो विवाद सन् २०१० मा सुरु भएको हो, जब राजपाल यादवले आफ्नो फिल्म ‘अता पता लापता’ निर्माण गर्न मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। फिल्म बक्स अफिसमा फ्लप भएपछि उनी आर्थिक संकटमा परे र समयमै ऋण तिर्न सकेनन्। ब्याजसहित उक्त रकम करिब ९ करोड रुपैयाँ पुगेको बताइएको छ।

ऋण लिँदा दिएका चेकहरू बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो। सन् २०१८ मै उनलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो, तर विभिन्न समयमा पैसा तिर्ने सर्तमा उनले राहत पाउँदै आएका थिए। अन्ततः बाचा पूरा नभएपछि उनले फेरि जेल जानुपरेको हो। 

बिहीबार दिल्ली उच्च अदालतमा भएको सुनुवाइमा उनले आफ्नी भान्जीको विवाहमा सहभागी हुन अस्थायी जमानत माग गरेका थिए। तर अदालतले उक्त निवेदन अस्वीकार गरेको हाे।

पैसा उधारो लिएको र फिर्ता गर्ने बाचा आफैँले स्वीकार गरे पनि वर्षौँसम्म भुक्तानी नगरेको भन्दै अदालत उनीप्रति कठोर देखिएको थियो। अदालतले यादवलाई ऋण चुक्ता गर्न २५ देखि ३० पटकसम्म मौका दिँदा पनि सदुपयोग नगरेको भन्दै कडा आपत्ति जनाएको छ । 

सुनुवाइका क्रममा न्यायाधीश स्वर्णकान्त शर्माले यादवलाई कडा टिप्पणी गर्दै अदालतको आदेशभन्दा आफ्नै व्यवहारका कारण जेल पुगेको बताएका थिए। अदालतले ऋण दिने कम्पनीलाई जमानत आवेदनमा जवाफ पेश गर्न पनि निर्देशन दिएको छ।

राजपालका वकिलले भने उनी मुद्दा सुल्झाउन तयार रहेको र ५ करोडमध्ये ३ करोडभन्दा बढी तिरिसकेको दाबी गर्दै परिवारमा विवाह भएकाले जमानत दिन आग्रह गरेका थिए। तर, अदालतले कानुन सबैका लागि समान हुने भन्दै आज (सोमबार)सम्मका लागि सुनुवाइ स्थगित गरिदिएको थियाे।

आज उनको जमानत आवेदनमाथि फेरि सुनुवाइ हुँदैछ। अदालतले जमानत दिने कि निरन्तर न्यायिक हिरासतमा राख्ने भन्ने निर्णय आज स्पष्ट हुने अपेक्षा गरिएको छ। परिवार, समर्थक र फिल्म क्षेत्रका व्यक्तिहरू अहिले अदालतको निर्णयको प्रतीक्षामा छन्। अब सबैको नजर आजको सुनुवाइतर्फ केन्द्रित छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.