बर्दिबासमा जंगली जीवजन्तुले हैरान, किसान लागे व्यावसायिक बेसार खेतीमा

बर्दिबासमा जंगली जीवजन्तुले हैरान, किसान लागे व्यावसायिक बेसार खेतीमा
सुन्नुहोस्

बर्दिबास : जंगली जीवजन्तुले फलफूलजन्य बालीनाली खाएर नष्ट गरेपछि महोत्तरीको बर्दिबास क्षेत्रका किसानहरू व्यावसायिक बेसार खेती गर्न जुटेका छन्। किसान बहुमुखी सहकारी (साझा संस्था बर्दिबासले नगरमा व्यावसायिक बेसार खेती विस्तारका लागि अभियान चलाएको हो।

सहकारी सञ्चालन समितिको सदस्य डाकराज पोखरेलका अनुसार, बेसार खेती गर्न बिजलपुरा, किसाननगर, हात्तीलेट, पशुपतिनगरलाई सूचीकृत गरेर खेतीका लागि अभियान चलाएको छ। सहकारीका अध्यक्ष भानुभक्त पोखरेलले पहिलो चरणमा कुल २५ बिघा क्षेत्रफलमा बेसार खेती गर्न योजना बनाइएको छ। उनले भने ‘किसानलाई बेसार खेतीमा प्रोत्साहनस्वरूप प्रतिकट्ठा दुई हजारका दरले एक वर्षका लागि निब्र्याजी कर्जा उपलब्ध गराउँछौं। उत्पादित बेसार सहकारीले खरिद गरेर प्रशोधन गरी बजारीकरण गर्ने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ। ‘पाँच कट्ठसम्म बेसार लगाउने खर्चका लागि सहकारीले निब्र्याजी कर्जा दिन्छ। किसानले जति उब्जाए पनि बेसार सहकारीले खरिद गरिदिन्छ। त्यसका लागि सहकारीको सेयर सदस्य हुनु पर्नेछ,’ उनले भने।

अध्यक्ष पोखरेलका अनुसार सहकारीले १२ लाख रुपैयाँ बेसार खेतीमा लगानी गर्ने सहकारीले जनाएको छ। बर्दिबास नगरपालिकाले १५ लाख रुपैयाँँ अनुदानस्वरूप सहकारीलाई उपलब्ध गराउने बताइएको छ। बेसार खेती गर्न समूह गठन पनि गरिएको छ।

बर्दिबास नगरपालिका वडा नम्बर १२ बिजलपुराका लागि विश्वनाथ महतो र वडा नम्बर १३ का लागि मनिष समालको अध्यक्षतामा अलगअलग पाँच / पाँच सदस्य समूह गठन गरिएको छ। महतोले नेतृत्व गरेको समूहको नाम बिजलपुरा किसान समूह र समालले जिम्मेवार पाएको समूहको नाम महारानी कृषि समूह राखिएको छ।

यता जंगली जनावर नीलगाई, बँदेल, बाँदरले बालीनाली खाएर सखाप पार्ने गरेकोले त्यसको विकल्पमा बेसार खेती विस्तार गर्न लागिएको सहकारीका अध्यक्ष पोखरेलले बताए। आउने दिनमा बेसारमा अनुदान उपलब्ध गराउन पहल भइरहेको उनले जनाए।
किसान जगजीवन महतोका अनुसार खेती फष्टायो भने कठ्ठामा ८ क्विन्टल बेसार उत्पादन हुन्छ। एक कट्ठा बेसार खेती गर्न ८ हजार लागत हुन्छ भने आम्दानी २१ हजार आम्दानी हुने सहकारीले जनाएको छ। सहकारी विग्य सुदर्शन ढकालले कृषि सहकारीमा सबै किसानलाई स्थानीय सरकारले जोड्न योजना बनाउनुपर्ने बताए।

बेसारमा औषधीय गुण भएको यो बाली निकै लाभदायक र फाइदाजनक रहेको किसान विश्वनाथ सिंहले बताए। अर्का किसान रामप्रमोद महतोले बेसारखेतीमा प्राविधिक, मलखाद र यान्त्रिक उपकरण स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने माग गरे। पूर्ववडा सदस्य रामपूजन महतोले स्थानीय स्तरमा भएको सहकारीसँग सहकार्यको आवश्यकता रहेको बताए। किसान दीपेन्द्र महतोले बेसार खेती विस्तारले जंगली जनावरको आतंकबाट छुटकारा मिल्ने विश्वास लिए। बर्दिबास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले कृषि सहकारी किसानको समृद्धिको आधार रहेको छ। उनले भने, ‘सहकारीको माध्यमबाट दूध र बेसार खेतीलाई व्यवस्थित गर्न लागेका छौं।’

बर्दिबास नगरपालिका— १३ का वडाध्यक्ष लक्ष्मण सिंह आगामी बजेटमा किसानको माग सम्बोधन गर्न नीति, कार्यक्रम र बजेट विनियोजन गर्ने बताए। वडा नम्बर १२ का लागि विश्वनाथ महतो र वडा नम्बर १३ का लागि मनीष समालको अध्यक्षतामा अलगअलग पाँच/पाँच सदस्य दुई वटा समूह गठन गरिएको छ। महतोले नेतृत्व गरेको समूहको नाम बिजलपुरा किसान समूह र समालले जिम्मेवार पाएको समूहको नाम महारानी कृषि समूह राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.