प्रहरीको हतियार लुट्ने दुईजना पक्राउ

प्रहरीको हतियार लुट्ने दुईजना पक्राउ
सुन्नुहोस्

झापा : इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने दुईजना पक्राउ परेका छन्। जेनजी आन्दोलनका बेला प्रहरी कार्यालयबाटै हतियार लुट्ने कनकाई नगरपालिका-८ स्थित मिश्रा टोल निवासी २२ वर्षीय सौगात थापा मगर र सोही ठाउँका ३२ वर्षीय सूर्य राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आइतबार दिउँसो १:३० बजे कनकाई-८ निवासी तुलबहादुर थापा मगरको घरमा लागूऔषध र हतियार लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा मगरका छोरा सौगातले आफ्नै घर पछाडि रहेको कुखुराको खोरमा राखेको प्लास्टिकको ड्रमभित्र ९ एमएमको पेस्तोल, एक थान म्यागेजिन र सोको गोली ४० राउन्ड फेला परेको थियो।

सो हतियार ल्याई अनुसन्धान  गर्दा उक्त पेस्तोल र गोली भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा बिर्तामोडबाट लुटेको पुष्टि भएको छ। आइतबार फरार रहेका सौगात आज पक्राउ हो। उनलाई सो हतियार सूर्य राजवंशीले दिएको भनी प्रहरीमा बयान दिएपछि राजवंशी पनि पक्राउ परेको जनाइएको छ। दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.