राम्रो काम सुरु गर्नै हुँदैन, सरकार भत्काई हाल्छन् : ओली

राम्रो काम सुरु गर्नै हुँदैन, सरकार भत्काई हाल्छन् : ओली
सुन्नुहोस्

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री बन्नु परेको टिप्पणी गरेका छन् । झापा–५ को चुनावी अभियानका क्रममा घरदैलोमा रहेका ओलीले मतदातासँगको संवादमा आफ्नो राम्रो काम थालेपछि सरकार ढालिएको दावी गरेका छन् ।

उनले भने, ‘विकासको काम ठ्याक्क उभिएर हुँदैन । पाइला सार्नुपर्छ । मैले रेल फेरि सुरु किन गर्न खोजें ? किन पानीजहाजको बाटोबाट सम्बन्ध जोड्ने भनें ? त्यसका निम्ति काम हुँदै थियो, मैले सुरु गर्छु, फेरि सरकार भत्काउँछन् । फेरि सुरु गर्छु, फेरि भत्काउँछन् । एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्‍यो ।’

उनले विरोधीहरूले देशभक्ति र राम्रो काम गरेको नसहेको तर्क गरेका छन् । उनले भने, ‘अलिकति काम गरेपछि सहनै सक्दैनन्, भत्काइहाल्छन् । देशभक्तिको काम गर्नै दिँदैनन् । देशको हितमा, देश विकास गर्ने काम गर्नै दिँदैनन् । यहाँ औद्योगिक क्षेत्र बनाउन नदिने भनेर देशभित्र देश बाहिरका अनेक शक्तिहरू लागेका छन् ।’

उनले आफूले विभिन्न शास्त्रका, इतिहासका कुरा गर्दा उखान टुक्का भन्दै उडाइने गरेको गुनासो गरेका छन् । उनले भने, ‘हामीले काम गर्न छोड्नु हुँदैन । सभागृह आवश्यक हुँदैन ? संसारभरि सबै शहरमा, सबै नगरमा सभागृह हुन्छन् । सामुदायिक भवनहरू हुन्छन्, रङ्गशालाहरू हुन्छन् । रङ्गशाला पनि चाहिँदैन भन्ने, भ्युटावर चाहिंदैन भन्छन् । यो वास्तवमा भ्युटावर होइन, यो एउटा बिजनेस कम्प्लेक्स हो । यसमा आइटी आदि इत्यादिको नयाँ खालको इन्भेस्टमेन्ट हो । आइटी इन्डस्ट्री, आइटी हबको रूपमा यसलाई विकास गर्ने सोचका साथ अगाडि बढाएको हो ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.