नेपालले टस जितेर स्कटल्यान्डविरुद्ध बलिङ गर्ने
मुम्बई : आइसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। मुम्बईको वानखेडे स्टेडियममा नेपालका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्।
नेपालको टिममा एक परिवर्तन करण केसीको स्थानमा आजको खेलमा सन्दीप जोराले प्लेइङ-११ मा स्थान बनाएका छन्। उनले पहिलो पटक विश्वकप खेल्न लागेका हुन्।
नेपालले समूह चरणको पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटले हारेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो।
नेपालको प्लेइङ ११
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने
प्रतिक्रिया दिनुहोस !