स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
सुन्नुहोस्

मुम्बई : आइसीसी टी-२० विश्वकपमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो। 

स्कटल्यान्डका लागि ओपनर मिचेल जोन्सले सर्वाधिक ७१ रन बनाए। उनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। नेपालका लागि पहिलो विकेट रोहित पौडेलले लिए। उनले ९.६ ओभरमा जर्ज मुन्सेलाई सन्दीप जोराको हातमा क्याच गराए। मुन्सेले २९ बलमा ४ चौकासहित २७ रन बनाए।

१० ओभरको खेल सकिँदा स्कटल्यान्डले १ विकेटको क्षतिमा ८० रन बनाएको थियो। ११.६ ओभरमा स्कटल्यान्डले १०० रन पूरा गर्‍यो। 

१३.१ ओभरमा सन्दीप जोराले ब्रान्डन म्याकमुलेनको क्याच छुटाए। ब्रान्डनले १६ रन बनाउँदा जीवनदान पाए। स्कटल्यान्डले दोस्रो विकेट ओपनर मिचेल जोन्सको गयो। १६ रनमा जीवनदान पाएका ब्रान्डन २५ रनमा १५.४ ओभरमा सोमपाल कामीको बलमा कट एण्ड बोल्ड भए। १६ औं ओभरमा स्कटल्यान्डले २ जमेका ब्याटरको विकेट गुमायो। 

नेपालका लागि सोमपाल कामीले १६ औं ओभरमा २ विकेट लिँदै स्कटल्यान्डलाई ब्याकफुटमा धकेलिदिएका हुन्। १६.५ ओभरमा कुशल भुर्तेलको बलिङमा चौका जोगाउन भागेका कप्तान रोहितकुमार पौडेल र गुल्सन झा बाउन्ड्रीमा जुध्न पुग्दा दुवै समस्यामा देखिए। उनीहरू दुवैलाई फिजियोथेरपिस्ट लोकेन्द्र कुवँरले प्राथमिक उपचार गरे। दुवै प्राथमिक उपचार पछि मैदानमा फर्किए। 

१६.६ ओभरमा स्कटल्यान्डले चौथो विकेटको रूपमा रिची वेरिङ्टनको विकेट गुमायो। उनी कुशल भुर्तेलको बलमा सन्दीप जोराको हातमा १० रन बनाउँदै क्याच भए। पाँचौं विकेट म्याथ्यु क्रस ४ रन बनाउँदै नन्दन यादवको बलमा बोल्ड भए। 

स्कटल्यान्डले छैटौं विकेटको रूपमा १८.४ ओभरमा टम ब्रुसको विकेट गुमायो। उनले ६ बलमा ५ रन बनाउँदै सोमपाल कामीको बलमा बोल्ड हुन पुगे। सातौं विकेटको रूपमा माइकल लिस्क ४ रन बनाउँदै नन्दन यादवको बलमा आसिफ शेखको हातमा कटविहाइन्ड भए। 
मार्क वाट १० र ओलिभर डेभिसन १ रनमा अविजित रहे। 

नेपालका लागि बलिसोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा कुशल भुर्तेल र रोहित पौडेलले १-१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.