एमालेले देश बनाउँछ, बिगार्दैन : ईश्वर पोखरेल
काठमाडौं : नेकपा एमालेका नेता तथा काठमाडौं–५ का उम्मेदवार ईश्वर पोखरेलले आफ्नो पार्टीले देश बनाउने दावी गरेका छन् ।
काठमाडौं टोखामा चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति एमाले भएको दावी गरे ।
‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ उनले भने । एमालेलाई विजयी गराउन सबै कार्यकर्ता र समर्थकलाई जनतामाझ पुगेर पार्टीका एजेण्डा राख्न अनुरोध गरेका छन् ।
जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने पोखरेलले प्रतिबद्धता जनाए । फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्रयाकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको बताएका छन् । काठमाडौं–५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहित पोखरेलले मत मागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !