सलीम खानलाई 'मिनिमल ब्रेन हेमरेज', अवस्था स्थिर

सलीम खानलाई 'मिनिमल ब्रेन हेमरेज', अवस्था स्थिर

मुम्बई : बलिउडका प्रख्यात पटकथा लेखक तथा अभिनेता सलमान खानका पिता सलीम खानलाई 'मिनिमल ब्रेन हेमरेज' भएको पुष्टि भएको छ। ९० वर्षीय खानलाई मंगलबार स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मुम्बईको लीलावती अस्पताल भर्ना गरिएको थियो।

उपचारका क्रममा खानलाई मस्तिष्कमा सामान्य रक्तस्राव अर्थात्  'मिनिमल ब्रेन हेमरेज' देखिएकाे हाे।

डाक्टर जलिल पार्करका अनुसार उनको अवस्था अहिले स्थिर छ र तत्काल शल्यक्रियाको आवश्यकता देखिएको छैन। उनलाई केही समय निगरानीका लागि भेन्टिलेटरमा राखिएको र चाँडै वार्डमा सारिने अस्पताल स्रोतले जनाएको छ।

सलीम अस्पताल भर्ना हुँदा रक्तचाप धेरै कम थियो ,उनी धेरै समस्याबाट पीडित थिए साेही कारण उनलाई भेन्टिलेटरमा राखिएको पार्करले जानकारी दिए। यद्यपि, उनले डिस्चार्जको बारेमा केही भन्न नसकिने बताए । उनको स्वास्थ्यमा सुधार भएपछि मात्र निर्णय गरिने डाक्टरकाे भनाइ छ।

को हुन् सलीम खान

सलीम खानको जन्म नोभेम्बर २४, १९३५ मा भएको थियो। उनी एक प्रसिद्ध पटकथा लेखक र फिल्म निर्माता हुन्।  जसले बलिउडमा आफ्नो कामको लागि धेरै ख्याति कमाएका छन्।

सलीमको जोडी पटकथा लेखक जावेदअख्तरसँग थियो। यो जोडीले धेरै ब्लकबस्टर फिल्महरू निर्माण गरेका छन्। जसका कारण उनीहरु सलीम-जावेदको रूपमा चिनिन थालेका थिए। उनीहरुले अनुमान, अधिकार, हाथी मेरे साथी, सीता और गीता, यादों की बारात, जंजीर, दीवार, शोले, आखरी दाव, त्रिशूल, डन, काला पत्थर, दोस्ताना, शक्ति, जमाना, मिस्टर इन्डिया जस्ता प्रतिष्ठित फिल्महरू लेखेका छन्। 

यस्तै सलीम खानले अभिनयमा पनि आफूलाई उभ्याएका छन्। उनले बारात, रामु दादा, काबिल खान, बचपन, राका, दीवाना, तीसरी मंजिल, वफादार र महाभारत जस्ता फिल्महरूमा अभिनय गरेका थिए।

उनले दुई विवाह गरेका छन्। उनकी पहिलो श्रीमती सुशीला चरक हुन् र दोस्रो श्रीमती हेलेन हुन्। सलीमका दुवै श्रीमती सँगै बस्छन् । उनीहरुका पाँच सन्तान छन् । सलमान खान, अरबाज खान र सोहेल र अलविरा उनकी पहिलो श्रीमती सुशीला चरकका सन्तान हुन्, भने अर्पितालाई हेलेन र सलीमले धर्मपुत्र बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.