ताेलामै ४३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा बिहीबार) सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ आज भने ह्वातै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार हजार तीन सय रूपैयाँ बढेको हो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बृद्धि भएको छ । बुधबार तोलामा चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८० रूपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !