११ लाख रकमसहित एक जना पक्राउ

११ लाख रकमसहित एक जना पक्राउ
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको सोनौल बजारमा स्रोत नखुलेको ११ लाख रकमसहित एक जना पक्राउ परेका छन् । मनरा शिस्वा नगरपालिका-३ सोनौल बजारबाट प्रहरीले सम्सी गाँउपालिका ७ का गौतम साहलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार साहसँग रहेको स्रोत खुल्न नसकेको ११ लाख ५१ हजार ३ सय रुपैयाँ बरामद भएको हो । प्रहरीको टोलीले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म-प्र-०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

बरामद रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको जिल्ला  प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.