प्रिंयका चोपडाले बलिउडमा किन पाउन छोडिन काम ?

प्रिंयका चोपडाले बलिउडमा किन पाउन छोडिन काम ?
सुन्नुहोस्

काठमाडाैं : विश्वमै आफ्नो सशक्त पहिचान बनाएकी भारतीय अभिनेत्री प्रियंका चोपडाले आफू कहिल्यै बलिउड छोड्न नचाहेको तर परिस्थितिका कारण हलिउडतर्फ मोडिन बाध्य भएको बताएकी छन्।

हालै दिएको एक अन्तर्वार्तामा उनले हिन्दी फिल्म क्षेत्रमा काम गरिरहँदा कलाकारका रूपमा केही नयाँ र चुनौतीपूर्ण काम गर्ने इच्छा हुँदाहुँदै पनि आफू सीमित रहनु परेकाे उल्लेख गरिन्। “म बलिउड छोड्न चाहन्नथेँ। तर केही कारणले आफूलाई सीमित भएको जस्तो लाग्थ्यो। कलाकारको रूपमा अघि बढ्न चाहन्थेँ,” उनले भनिन्।

उनका अनुसार सोही कारण अन्तर्राष्ट्रिय स्तरमा अवसर खोज्न दबाब बढ्दै गयो। त्यसपछि उनी अमेरिका पुगेर नयाँ ढंगले आफ्नो करियर सुरु गर्न अग्रसर भइन्। करिब १२ वर्षपछि अहिले आफूले मनपर्ने र उत्कृष्ट प्राेजेक्ट छनोट गर्न सक्ने अवस्थामा पुगेको उनले बताएकी छन्।

प्रियंकाले भारतीय सिनेमा आफूलाई अत्यन्त मन पर्ने भएकाले भारत फर्केर काम गर्न पाउँदा खुशी लाग्ने बताइन्। उनले बलिउड र हलिउडमध्ये एक रोज्नुपर्ने अवस्था आफूलाई स्वीकार्य नहुने स्पष्ट पनि पारिन्। उनका अनुसार दुवै उद्योगको काम फरक भए पनि अहिले उनी दुवै क्षेत्रमा सहज रूपमा काम गरिरहेकी छन्।

सन् २०१२ मा संगीत करियर सुरु गरेपछि उनले हलिउडतर्फ पाइला बढाएकी थिइन्। उनले अमेरिकी टेलिभिजन शृंखला क्वान्टिको मार्फत पश्चिमी मनोरञ्जन क्षेत्रमा अभिनय यात्रा सुरु गरिन्। त्यसपछि उनी 'बे–वाच' र 'द म्याट्रिक्स रिसरेक्शन्स' जस्ता हलिउड फिल्ममा देखिएकी छन्।

हाल उनी 'सिटाडेल' र 'हेड्स अफ स्टेट' जस्ता अन्तर्राष्ट्रिय प्राेजेक्टमा व्यस्त छिन्। साथै, उनी चाँडै 'द ब्लफ' मा देखिनेछिन्। यो फिल्म फ्रान्क ई. फ्लावर्सको निर्देशनमा बनेको पाइरेट एडभेन्चर कथा हो।

यसका साथै उनी निर्देशक एस. एस. राजामौलीको आगामी फिल्ममा पनि अभिनय गर्नेछिन्, जसमा महेश बाबू र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा छन्। उक्त फिल्म सन् २०२७ अप्रिलमा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.