मनहरीमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते
हेटौंडा : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका -७ बिजौनामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
आइतबार बिहान ७ बजे वीरगंजबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ख ००५४ नं.को यात्रुबाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युतको पोलमा ठोक्किँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अहिले घाइतेहरूको उद्धार गरी उपचारको लागी चितवनतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !