सुनको मूल्य एकै दिन ५६ सयले वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : साताको पहिलो कारोबार आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार ६ सय रुपैँयाले बढेको हो। यस सँगै प्रतितोला छापावाल सुनको मूल्य ३ लाख १० हजार ३०० रुपैँया पुगेको छ । गत शुक्रबार प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको ३ सय ७५ रुपैँयाले बढेको हो ,यो सँगै शुक्रबार ५ हजार ५० रुपैयाँमा किनबेच भएको चाँदीकाे यस दिन ५ हजार ४२५ रुपैँया कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस !