हेलिकप्टरबाट मुगुमा पुग्यो निर्वाचन सामग्री
मुगु : आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यकसामग्री आईपुगेको छ ।

निर्वाचन आयोगले सुर्खेतदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरी फागुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि ४० हजार समानुपातिक र ३९ हजार प्रत्यक्षतर्फका मतपत्रसहितका निर्वाचनका लागि चाहिने आवश्यक ११ प्रकारका सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो । एक निर्वाचन क्षेत्र रहेको मुगु जिल्लामा ३६ हजार ३१ मतादाता संंख्या रहेको छ । जिल्लाभर ६७ मतदानस्थल र ६९ मतदान केन्द्र रहेका छन् ।

आइतबार मतपत्रसहितका आवश्यक सबै सामग्री जिल्लामा पुगेपछि १४ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम सञ्चालन गरी १५ गतेबाट मतदान केन्द्रमा लैजाने सामग्री प्याकेजिङ गरी भूगोलका आधारमा १७ गतेबाट मतदान अधिकृतसहितको टोली आ-आफना स्थलतर्फ प्रस्थान गर्ने जिल्ला निर्वाचन कायाृलयका प्रमुख कमलप्रसाद उपाध्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !