ताल्चा–गमगढी सडक कालोपत्रेका लागि १६ करोड बजेट सुनिश्चित

ताल्चा–गमगढी सडक कालोपत्रेका लागि १६ करोड बजेट सुनिश्चित
ताल्चा-गमगढी सड्क खण्ड । तस्वीर : अन्नपूर्ण
सुन्नुहोस्

मुगु : १३ वर्षअघि सडक सञ्जालसँग जोडिएको नाग्मा–गमगढी सडक खण्ड अन्तर्गत ताल्चा–गमगढी सडक कालोपत्रे गर्न १६ करोड बजेट सुनिश्चित गरिएको छ । 

कर्णाली प्रदेश सरकारले उक्त सडकको ९ किलोमिटर खण्ड आर्थिक वर्ष ०८४÷०८५ भित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको हो । सदरमुकाम गमगढीदेखि ताल्चामा रहेको रारा विमानस्थल हुँदै रारा ताल जोड्ने यो सडक वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याले सर्वसाधारण तथा यातायातका साधनहरू सास्ती खेप्न बाध्य हुँदै आएका छन् । सडकको दयनीय अवस्थाका कारण रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गमगढी पुग्न चाहँदा–चाहँदै पनि बीचमै फर्किनु पर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

होटल व्यवसायी नेताप्रसाद चौलागाईका अनुसार सडक कालोपत्रे भएपछि रारा पुग्ने अधिकांश पर्यटक गमगढीसम्म पुगेर फर्किने वातावरण बन्नेछ, जसले सदरमुकामको पर्यटन व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले बहुवर्षीय ठेक्का प्रक्रियामार्फत प्रदेशका विभिन्न जिल्लाका योजनाहरू अगाडि बढाउने नीतिअनुसार आर्थिक वर्ष ०८२/०८३ मा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, कर्णाली प्रदेशबाट विनियोजित स्रोत सहमतिका आधारमा यो योजना अघि बढाइएको हो । प्रदेश सभा सदस्य जीतबहादुर मल्लले निर्धारित समयमै योजना सम्पन्न गर्न १६ करोड बजेट सुनिश्चित गरिएको जानकारी दिए ।

मन्त्रालयको फागुन ५ गतेको निर्णयअनुसार बहुवर्षीय ठेक्का निर्देशिका २०७९ बमोजिम आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ । ताल्चा–गमगढी खण्डको ९ किलोमिटर सडक कालोपत्रेका लागि कुल लागत १५ करोड ९९ लाख ३८ हजार रुपैयाँ अनुमान गरिएको छ ।

रारा विमानस्थल र रारा ताल पुग्ने मुख्य मार्ग भएकाले उक्त सडक कालोपत्रेका लागि मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा पटक–पटक अनुरोध गरिएको र त्यसकै परिणामस्वरूप बजेट सुनिश्चित भई ठेक्का प्रक्रिया अघि बढेको प्रदेश सभा सदस्य मल्लले बताएका छन् ।

यो सड्क खण्ड कालोपत्रे सम्पन्न भएपछि राराको पर्यटन प्रबद्र्धन तथा सदमुकाम गमगढीको होटल व्यवसाय र अन्य व्यापार तथा सेवा क्षेत्रलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको सदरमुकाम गमगढीका व्यवसायीहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.