नेपाल उद्यमी मञ्चले धरानमा एमेच्योर गल्फ आयोजना गर्ने

नेपाल उद्यमी मञ्चले धरानमा एमेच्योर गल्फ आयोजना गर्ने

धरान : नेपाल उद्यमी मञ्च सुनसरी(एनवाईएएफ)ले धरानमा फागुन १६ मा एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। नेशनल गभर्निङ काउन्सिलको अनुमोदनमा हुन लागेको यस प्रतियोगितामा ६० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहने आयोजकले बताएको छ।

 १५० भन्दा बढी उद्यमी,व्यवसायी तथा पेशाकर्मीहरू यस कार्यक्रममा उपस्थित रहनेछन्।  यस प्रतियोगितको मुख्य लक्ष्य युवा उद्यमीहबीच सहकार्य र नेतृत्व विकास र सम्बन्ध विस्तार रहेको आयोजक टिमले जानकारी दियो। 

प्रतियोगिताको क्रममा संकलन गरिएको आर्थिक सहयोगको एक अंश भने धरानका जुनियर गल्फ खेलाडीको प्रबद्धर्नका लागि छुट्याइनेछ। यस कार्यक्रमबाट राष्ट्रियस्तरको खेलकुदमा धरानको व्यवसायिक नेटवर्किङ स्थापित गर्ने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.