देशलाई सहि दिशा दिन कांग्रेस समक्ष छ : विश्वप्रकाश शर्मा

देशलाई सहि दिशा दिन कांग्रेस समक्ष छ : विश्वप्रकाश शर्मा
सुन्नुहोस्

महोत्तरी : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा महोत्तरीका दुई निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारहरुलाई मनोबल बढाएका छन्। बुधबार दिउँसो उपसभापति महोत्तरीको क्षेत्र नं. ३ र ४ मा पुगि आममतदाता र उम्मेदवारहरुको मनोबल बढाएका हुन् ।

शर्माले पार्टीका तर्फबाट उम्मेदवार रहेका क्षेत्र नं. ३ का बजरंग नेपाली र क्षेत्र नं. ४ का उम्मेदवार महेन्द्र रायको चुनावी भेलालाई समेत सम्बोधन गरेका थिए । जलेश्वरमा आयोजित कार्यक्रममा शर्माले पार्टीको नेतृत्व पुस्तान्तरण भईसकेको अवस्थामा अब कांग्रेस विकास, सुशासन अनि आर्थिक पाटोको विषयमा अगाडि बढने धारणा राखेका छन् । 
 

जेनजी आन्दोलनपछि पार्टी सञ्चालनको जिम्मेवारी युवा नेताको काँधमा रहेकाले अब पार्टीले निश्चित रुपमा जेनजी युवाहरुमा माग सम्बोधन गराउनका लागि तत्परता देखाउने शर्माले बताएका छन् । त्यस्तै महोत्तरी निर्वाचन क्षेत्र नं. ४ को सम्सी बजारमा उनले नेपालमा उत्पन्न हुने हरेक परिस्थितिलाई सही दिशा दिनका लागि नेपाली काँग्रेसले सक्षम भुमिका निर्वाह गरेको जनाएको छ ।

उपसभापति शर्माले आसन्न निर्वाचन फागुन २१ गते निर्वाचनमा महोत्तरीका हरेक उम्मेदवारलाई अमूल्य मत दिई विजयी बनाउनका लागि आममतदातामा अपील गरेका छन् । शर्माले जलेश्वरस्थित शहिदको शालिक र सम्सी वजारमा रहेको शहिद शिवचन्द्र मिश्रको शालिकमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.