चार नयाँ टावर निर्माण, पाँच वटामा विद्युतीकरण

चार नयाँ टावर निर्माण, पाँच वटामा विद्युतीकरण
सुन्नुहोस्

दाङ : दूरसञ्चार कार्यालय तुलसीपुर (नेपाल टेलिकम कार्यालय) दाङले आफनो सेवा क्षेत्रमा सेवा सुधारको प्रयास गरेको छ । सेवा विस्तार र गुणस्तर सुधार गर्ने उद्देश्यले नेपाल टेलिकमले दाङ र प्युठान जिल्लाका विभिन्न स्थानमा नयाँ टावर निर्माण गरेको जनाएको छ । ग्रामीण भेगमा नेटवर्क पहुँच विस्तार र नयाँ टावर सञ्चालनमा आएपछि दुर्गम बस्तीमा मोबाइल र डाटा सेवाको पहुँचमा सहजता आएको छ ।  

जिल्लाका दुर्गम र सेवामा समस्या भइरहेका स्थानमा चार नयाँ टावर निर्माण गरेको हो भने सोलार प्रणालीबाट सञ्चालन हुँदै आएका रोल्पा, रुकुम र प्युठानका ५ वटा टावरमा स्थानीय प्रसारण लाइनको विद्युत् जडान गरी विद्युतीकरण विस्तार गरिएको छ । थप केहि तयारी अवस्थामा छन् । 

टेलिकम दाङ कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका–१, पवननगर,  गढवा गाउँपालिका–३ गोवहिया, दंगीशरण गाउँपालिका–१, फुर्केसल्ली र प्युठानको मल्लरानी गाउँपालिकामा नयाँ टावर निर्माण गरिएको हो । यसबाट सेवा समेत सुरु भइसकेको छ । यी क्षेत्रहरुमा नयाँ टावर निर्माण हुँदा ८ सय घरधुरीलाई प्रत्यक्ष लाभ भएको र फोरजीलगायत आधुनिक सेवा सञ्चालनमा आएको कार्यालय प्रमुख बरिष्ठ इन्जिनियर प्रविणकुमार चौधरीले बताए । स्थानीयको माग र आवश्यकताका आधारमा सेवा विस्तार गरिएको र त्यसको राम्रो प्रभाव स्थानीयस्तरमा देखिएको उनले बताए । 

दाङको फुर्केसल्ली क्षेत्रमा टावर निर्माण हुँदा त्यसले बबई गाउँपालिकाको दुर्गम क्षेत्र मलइ, जलजलालगायतका क्षेत्र टेलिकमको सेवा सुरु भएको छ । यसअघि यो क्षेत्रमा नेपाल टेलिकमको सेवा प्रभावकारी थिएन । स्थानीय राम पुनले फोनको नयाँ टावर बनेपछि केहि दिनदेखि राम्रोसँग कुराकानी गर्न सकिएको बताए । ‘पहिले फोन नै टिप्दैनथ्यो’, उनले भने, ‘अहिले इन्टरनेट समेत राम्रोसँग चल्न थालेको छ ।’ त्यसै गरी गोवडिया क्षेत्रमा पनि फोन सेवा राम्रो थिएन, अहिले राम्रो भएको कार्यालयले बताएको छ । कार्यालय अन्तर्गत ४ जिल्लामा करिव २ सय टावरहरु सञ्चालनमा रहेका छन् । 

सोलारबाट विद्युतीकरणमा ५ टावर 
रोल्पा, पुर्वी रुकुम र प्युठानका विभिन्न पाँच क्षेत्रमा सञ्चालित टावरहरूमा विद्युतिकरण गरिएको छ । लामो समयदेखि सोलार प्रणालीको भरमा सञ्चालन हुँदै आएका ती टावरहरुमा विद्युतीकरण गरिएको हो । रुकुम पूर्वको जांङ टावर, रोल्पाको गंगादेव, रोल्पाको मिरुल, रोल्पाको पाङ र प्युठानको स्याउलीवाङ टावरमा विद्युतीकरण गरिएको छ । 

स्थानीय विद्युत उत्पादन कम्पनीसँगको सहकार्यमा टावरमा विद्युतीकरण गरिएको कार्यालयले बताएको छ । टावरमा विद्युत पुग्दा सेवा २४ सै घण्टा सुरु भएको प्रमुख चौधरीले जानकारी दिए । ‘घाम नलाग्ने मौसममा ब्याट्री चार्ज हुन नसक्दा नेटवर्क अवरुद्ध हुने, कल ड्रप बढ्ने र इन्टरनेट सेवा कमजोर हुने समस्या देखिँदै आएको थियो’, कार्यालय प्रमुख चौधरीले भने, ‘विद्युतीकरण भएपछि यो समस्या शून्यमा झरेको छ । विद्युतीकरण गरिएका टावरमा ‘हाइब्रिड प्रणाली’ लागू भएको छ ।’ 

टेलिकमले सोलारबाट चलिरहेका टावरमा विद्युत लाइन जडानसंगै सोलार सिस्टम पनि प्रयोग यथावत हुँदा ‘हाइब्रिड प्रणाली’ लागू भएको प्रमुख चौधरीले बताए । अब ती टावरहरू सोलार र विद्युत लाइन दुवै स्रोतबाट सञ्चालन हुनेछन् । यसले वर्षायाम र हिउँदमा हुने नेटवर्क अवरोध न्यूनीकरण हुने विश्वास गरिएको छ । 
 

सोलार मात्रै हुदा विहान ६ बजेदेखि राति १०-११ बजेसम्म मात्रै हुने नेटवर्क सेवा अब २४ सै घण्टा हुनेछ । पहिले सोलार मात्रै हुँदा लामो समय घाम नलाग्दा सेवा अवरुद्ध हुने अवस्था रहँदै आएको थियो । ‘अब विद्युत् जडान भएपछि सेवा स्थिर र भरपर्दो हुने अपेक्षा गरेका छौँ’, प्रमुख चौधरीले भने, ‘यसले उपभोक्ताहरुलाई सेवामा गुणस्तर र सहज बनाएको छ ।’ 

रोल्पा र पूर्वी रुकुमका स्थानीयवासीले टावर विद्युतीकरणपछि नेटवर्क स्थिर हुने आशा व्यक्त गरेका छन् । इन्टरनेट समेत भरपर्दाे हुने उनीहरूको भनाइ छ । टेलिकमले आगामी दिनमा थप दुर्गम क्षेत्रमा पूर्वाधार विस्तार गर्ने र सेवा गुणस्तर सुधारलाई प्राथमिकतामा राख्ने जनाएको छ । अझै ३० वटा टेलिकम टावर सोलारबाट सञ्चालन रहेका छन् । यी सबैमा विद्युतीकरण गर्न पहल भइरहेको कार्यालयले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.